एनसेलको करछलिको अनुसन्धान जरुरी छ : विश्‍वप्रकाश शर्मा

हिमाल प्रेस २१ मंसिर २०८० ८:०२
6
SHARES
एनसेलको करछलिको अनुसन्धान जरुरी छ : विश्‍वप्रकाश शर्मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद रहेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एनसेलको अपार करछलिको गहिरो अनुसन्धान जरुरी रहेको बताए।

‘६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद छ । यसलाई रोकेर यो अपार करछलिको गहिरो अनुसन्धान जरुरी छ। अनियमितता विरुद्ध सम्पूर्ण एकताको दृष्टि साथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ,’ उनले लेखेका छन्।

एनसेलले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गनए उनको आग्रह छ। ‘अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गरौं। बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं,’ उनले भने ।

यस्तै एनसेलले पुँजीगत लाभकर नतिर्ने प्रपन्च गर्दा नो ट्याक्स, नो एनसेल अभियानको अघि बढाएको स्मरण गराएका छन्।

 

प्रकाशित: २१ मंसिर २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =