‘दुई कदम’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २० मंसिर २०८० १३:५३
8
SHARES
‘दुई कदम’ को ट्रेलर सार्वजनिक

काठमाडौँ  फिल्म ‘दुई कदम’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।

दुई मिनेट ३ सेकेन्डको ट्रेलरमा प्रेमसम्बन्धमा आउने उत्तारचढावलाई देख्न सकिन्छ। फिल्ममा लिम्बू संस्कृतिसँग सम्बन्धित कथावस्तु रहेको अनुमान गर्न सकिन्छ।

डेब्यू अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीसहित फिल्ममा सुनिल थापा, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, कविता आले, वर्षा शिवाकोटी, गौरव पहारी, विल्सन विक्रम राई, गीता ढुंगाना अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाललगायत कलाकारको अभिनय छ।

उदय सुब्बा निर्देशित फिल्म मंसिर २९ मा प्रदर्शन हुनेछ। दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्मको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ।

विक्रम डिसीले छायांकन गरेको फिल्म प्रविन ढकालको सम्पादन, डिपी खनालको शब्द, तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ। अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बूले लगानी गरेकी छन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =