तस्करीको सुन गाल्ने न्युरोडको कारखानामा प्रहरीको छापा

हिमाल प्रेस २० मंसिर २०८० १२:५५
12
SHARES
तस्करीको सुन गाल्ने न्युरोडको कारखानामा प्रहरीको छापा सुन गालिँदै। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ प्रहरीले तस्करीको सुन गाल्ने कारखानामा छापा मारेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर न्युरोडबाट कैलालीका ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानको काम भइरहेको छ। उक्त कारखानाबाट प्रहरीले बरामद गरेको बताए पनि कति परिणाम भन्ने सार्वजनिक भएको छैन।

केही समयअघि पनि प्रहरीले तस्करीको सुन गाल्ने अर्कै कारखानामा पनि छापा मारेको थियो।

प्रकाशित: २० मंसिर २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =