एनसेल खरिद-बिक्री प्रकरणको छानबिन हुन्छ : सरकार

हिमाल प्रेस २० मंसिर २०८० ७:१४
2
SHARE
एनसेल खरिद-बिक्री प्रकरणको छानबिन हुन्छ : सरकार

काठमाडौँ- सरकारले एनसेल खरिद-बिक्री प्रकरणको छानबिन गर्ने भएको छ। साथै उक्त प्रकरणको छानबिनमा अनियमितता भएको पाइए कडा कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जनाएकी हुन्।

‘नेपाल सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ मन्त्री शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २० मंसिर २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast