गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पताल भर्ना

हिमाल प्रेस २० मंसिर २०८० ६:५५
4
SHARES
गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पताल भर्ना

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन्।

गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मंगलबार साँझ अस्पताल पुगेका थिए।

आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

 

प्रकाशित: २० मंसिर २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =