दक्षिण कोरियाले १६ हजार कामदारको आवेदन खुलायो

हिमाल प्रेस १९ मंसिर २०८० १५:०७
60
SHARES
दक्षिण कोरियाले १६ हजार कामदारको आवेदन खुलायो

काठमाडौँ- दक्षिण कोरियाले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ जना नेपाली कामदार लिने भएको छ। कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत उत्पादनमूलक क्षेत्रमा नेपाली युवा लैजाने गरी आजदेखि आवेदन खुलाएको हो।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले कोरियाले आगामी वर्ष उत्पादनमूलक क्षेत्रमा आवश्यक पर्नेमध्ये नेपालबाट १५ हजार ८ सय ४८ जना कामदारको माग गरेको बताए। कोरियाबाट आएको कोटाको आधारमा आवेदन खुलाइने उनले जानकारी दिए।

भाषा परीक्षा, सीप परीक्षणमा आएको अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न अन्तिम नतिजा प्रकाशन गरिने शाखाले जनाएको छ। कोरियाले हाल कृषि तथा पशुपालन, उत्पादन र सीप विल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएकोमा अब निर्माण र सेवा क्षेत्रमासमेत माग गर्ने तयारी गरेको छ।

यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालन र सीप विल्डिङमा भाषा परीक्षा गरिसकेको छ। जसमा सीप विल्डिङमा ४ हजार र कृषि क्षेत्रमा ८ हजार छनोटका लागि पास भएका थिए। ईपीएसअन्तर्गत कोरियाले सन २०२४ मा १६ वटा देशबाट १ लाख ६५ हजार विदेशी कामदार लिने कोटा छुटाएको छ। जसमध्ये नेपालबाट १५ हजार ८४८ लैजाने भएको हो।

प्रकाशित: १९ मंसिर २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =