शौर्य सिमेन्टको क्लिंकर भारत निर्यात

हिमाल प्रेस १९ मंसिर २०८० १३:३४
6
SHARES
शौर्य सिमेन्टको क्लिंकर भारत निर्यात

काठमाडौँ- शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले भारततर्फ क्लिंकर निर्यात सुरु गरेको छ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रूपमा रिवन काटी निर्यातको सुरुवात गरेका थिए। उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको क्लिंकर भारतीय बजारमा परीक्षणपछि निर्यातको अनुमति दिइएको थियो।

उद्योगले २०७८ माघबाट उत्पादन थालेको हो। उद्योगको क्षमता ३००० मेट्रिक टन छ। शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिर्चैयामा अवस्थित उद्योगले ओपीसी ५३ ग्रेड, ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रकाशित: १९ मंसिर २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =