यस्ता छन् सिट्रोन ई–सी थ्रीका विशेषता

हिमाल प्रेस १८ मंसिर २०८० १६:०२
यस्ता छन् सिट्रोन ई–सी थ्रीका विशेषता

काठमाडौँ– फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो। अहिले नेपाली बजारमा हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरू पर्याप्त उपलब्ध छन्। यस्तो अवस्थामा सिट्रोन ई–सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजारमा आएको हो।

सिट्रोन ई–सी थ्रीको आगमनसँगै नेपाली अटोमोटिभ क्षेत्रमा एक किसिमको तरङ्ग आएको छ। सिट्रोन ई–सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वल्र्ड कार अवार्ड समारोहमा वल्र्ड अर्बन कार अफ द इयर २०२३ जित्न सफल भएको थियो।

२९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई–सी थ्री पूर्ण रुपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो। रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुन्छ। त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई–सी थ्रीमा ई–टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको छ।

कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकल अनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

सुरक्षाको मामिलामा पनि सिट्रोन ई–सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ। एबिएस, इएसपी र मल्टिपल एयरब्यागहरूसहित उपलब्ध यस आकर्षक गाडी वास्तवमा नै डिजाइन, सेफ्टी र रेन्ज सबै कुरामा अगाडि छ। क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको यस सिट्रोन ई–सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ।

गाडीमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अथवा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ। त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा १ लाख किलोमिटरको वारेन्टी रहेको छ।

अहिले २० प्रतिशत डाउन पेमेन्टमा यो गाडी खरिद गर्न सकिन्छ । बाँकी ८० प्रतिशत भुक्तानीको लागि ९.४९ प्रतिशत ब्याजदरमा ७ वर्षको बैंक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १८ मंसिर २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =