विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

हिमाल प्रेस १८ मंसिर २०८० १४:४३
20
SHARES
विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ- विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँचै जनालाई सपथ गराएका हुन्। मंसिर ५ गते न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न मन्त्रिपरिषद्लाई परामर्श दिएको थियो।

उनीहरू सबै उच्च अदालतका न्यायाधीश हुन्। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ।

प्रकाशित: १८ मंसिर २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =