मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

हिमाल प्रेस १८ मंसिर २०८० १३:५२
20
SHARES
मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु हात्तीले बेलबारी नगरपालिका १० भाउन्नेमा आक्रमण गरेको स्थान। तस्बिर : हिमाल प्रेस

इटहरी- मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सोमबार (आज) बिहान बेलबारी नगरपालिका १० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लेटाङ नगरपालिका ३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो।

घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको उनलाई हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत बुधबार राति मात्रै इटहरी २ का रविन खड्काको हात्तीले आक्रमण गरी मृत्यु भएको थियो।

पछिल्लो समय सुनसरी, मोरङ, झापा लगायतका पूर्वी जिल्लामा दुई दर्जन बढीको संख्यामा आएका हात्तीको बथानले भौतिक रूपमा समेत क्षति हुँदै आएको छ।

प्रकाशित: १८ मंसिर २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =