आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

हिमाल प्रेस १७ मंसिर २०८० १४:००
16
SHARES
आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- दोलखामा भरुवा बन्दुक पड्किँदा एक जना युवकको मृत्यु भएको छ। तामाकोशी गाउँपालिका-२, झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो।

सन्जीव आफैँले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिएर फायर हुँदा छर्राले लागेर घाइते भएका थिए। तामाकोशी अस्पताल दोलखामा सामान्य उपचारपछि सार्कीलाई थप उपचारका लागि पशुपती चौलागाईं स्मृति अस्पताल चरिकोटमा भर्ना गरिएको थियो।

सार्कीको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: १७ मंसिर २०८० १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =