फागुन १ गते वसन्तपुरमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने प्रसाईको उद्घोष

हिमाल प्रेस १७ मंसिर २०८० १३:३९
34
SHARES
फागुन १ गते वसन्तपुरमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने प्रसाईको उद्घोष

काठमाडाैँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी फागुन १ गते वसन्तपुरमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने बताएका छन्।

प्रसाईले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा बालेको दियो फागुन १ गते वसन्तपुरमा शाहकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने जनाए।

प्रसाईले ज्ञानेन्द्रलाई चुप लागेर दरबारभित्र नबस्न र जनताको आँसु पुछ्न सडकमा आउन पनि अनुराेध गरेका छन्।

मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनले पत्रकार सम्मेलनमा घोषणा गरे।

पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै प्रसाईले मंसिर ७ गतेको आन्दोलनबाट युवा संघको दादागिरी पराजित भएकाे बताउँदै आफ्नो आन्दोलनबाट तरुण दल र वाइसीएलजस्ता अन्य दलका युवाले राहत महसुस गरेकाे समेत बताए।

सरकार र एमालेले दमन गरे पनि जनताले साथ दिएका कारण आन्दोलन सफल भएको उनको दाबी थियो। प्रसाईले गत वर्षदेखि ‘नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: १७ मंसिर २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =