ह्वावेद्वारा २४/७ नेटवर्क आश्वासन र जाजरकोटका भूकम्प पीडितहरूलाई सहायता

हिमाल प्रेस १७ मंसिर २०८० १२:४९
ह्वावेद्वारा २४/७ नेटवर्क आश्वासन र जाजरकोटका भूकम्प पीडितहरूलाई सहायता

काठमाडौँ– ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ ब्यागजस्ता आवश्यक सामग्री उपलब्ध गराएको छ।

ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।

ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्तवपूर्ण रहेको विश्वास लिएको छ।

ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्त्वपूर्ण भूमिका बुझेको छ। भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ। ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर चालु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ।

राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने– ‘म प्रभावित क्षेत्रका दिवंगत व्यक्तिहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु। हामी नेपालका लागि नेपालमा छौँ।’

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्– ‘हामी नेपालको दूरसञ्चार क्षेत्रमा हुवावेले गरेको योगदानको कदर गर्छौँ र यस विनाशकारी अवधिमा गरेका प्रयासहरूको कदर गर्छौँ।’

नेपालको जाजरकोटमा राहत कार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्यमान्यता र यसले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो।

साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहत प्रयासहरूसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहत तथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १७ मंसिर २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =