ज्योति विकास बैंकका ग्राहकलाई सि फूडमा २७ प्रतिशतसम्म छुट

हिमाल प्रेस १७ मंसिर २०८० १२:३९
ज्योति विकास बैंकका ग्राहकलाई सि फूडमा २७ प्रतिशतसम्म छुट

काठमाडौँ– ज्योति विकास बैंकले ग्राहकलाई सि फूडबाट माछा-मासुलगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदानसम्बन्धी सम्झौता गरेको छ।

बैंकले काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित सि फूड एण्ड फूड ट्रेडर्ससँग गरेको सम्झौता बमोजिम ग्राहकले उक्त आकर्षक छुट पाउनेछन्।  सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सि फुड एण्ड फूड ट्रेडर्सका तर्फबाट सञ्चालक प्रीति गुरुङ खड्गीले हस्ताक्षर गरेका छन्।

छुट पाउन ज्योति विकास बैंकका ग्राहकले सि फूडका खाद्यसामग्री खरिद गर्दा बैंकको मोबाइल बैंकिङ, चेक बुक तथा कार्डबाट बिल भुक्तानी गर्नुपर्ने छ।

प्रकाशित: १७ मंसिर २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =