नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

हिमाल प्रेस १७ मंसिर २०८० ११:३९
754
SHARES
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ- सुनको मूल्यले कीर्तिमान कायम गरेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनकाे मूल्य ताेलामा ८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको जनाएको हाे। नेपाली बजारमा सुनको याे मूल्य अहिलेसम्मकै उच्च हाे।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ थियो।

आइतबार सुनकाे मूल्य ८ सयले बढेर तोलामा १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको हो। आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यस्तै,‍आइतबार चाँदीको मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदी गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य तोलामा १५ सय ४० रुपैयाँ थियो।

प्रकाशित: १७ मंसिर २०८० ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =