शैक्षिक भ्रमणको गन्तव्य बन्याे गोरखा दरबार सङ्ग्रहालय

हिमाल प्रेस १७ मंसिर २०८० ११:१४
66
SHARES
शैक्षिक भ्रमणको गन्तव्य बन्याे गोरखा दरबार सङ्ग्रहालय

गोरखा- गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बनेको छ।

गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो।

विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन्,सङ्ग्रहालय घुम्न आउनेहरूमा अधिकांश विद्यार्थी छन्’, उनले भने।

सङ्ग्रहालयमा तत्कालीन गोरखा राज्यको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज झल्कने पुरातात्विक महत्वका वस्तुको समेत अवलोकन गर्न पाइन्छ।

‘सङ्ग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बधित ऐतिहासिक वस्तुको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ,गोरखा राज्य र पृथ्वीनारायण शाहको इतिहास अध्ययनका लागि धेरैजसो विद्यार्थी गोरखा सङ्ग्रहालयको अवलोकन गर्न आइपुग्छन्’, प्रमुख अधिकारीले भने।

नेपाल एकीकरणको थालनी भएको तत्कालीन गोरखा राज्यको इतिहास बुझ्ने उद्देश्यले गोरखा सङ्ग्रहालयको भ्रमणमा विद्यार्थी आउने गरेको उनको भनाइ छ।

प्रकाशित: १७ मंसिर २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =