महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १७ मंसिर २०८० १०:३०
महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले महाधिवेशनको मिति तय गर्न भाेलि सचिवालय बैठक बोलाएको छ।

एकीकृत समाजवादीले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो। सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाेले नयाँ मिति टुंगो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए।

पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए।

प्रकाशित: १७ मंसिर २०८० १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =