मौसमविद् भन्छन् : काठमाडौँमा आज धेरै चिसो

हिमाल प्रेस १७ मंसिर २०८० ९:५५
2
SHARE
मौसमविद् भन्छन् : काठमाडौँमा आज धेरै चिसो

काठमाडौँ– काठमाडौँमा आज धेरै चिसो भएको छ।

अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँमा आज न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

उनले भने,‘काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ,काठमाडौँमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको छ।’

प्रकाशित: १७ मंसिर २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =