फिलिपिन्समा शक्तिशाली भूकम्प

हिमाल प्रेस १७ मंसिर २०८० ६:०७
16
SHARES
फिलिपिन्समा शक्तिशाली भूकम्प फिलिपिन्समा शक्तिशाली भूकम्पको क्षति। तस्बिर : एएफपी

मनिला– फिलिपिन्सको मिन्डानाओ टापुमा ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार शनिबार फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको हो।

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमको भनाइ छ।

फिलिपिन्सको स्थानीय समयअनुसार राति साढे १० बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको हो।

यूएसजीएसले भूकम्पका कारण मानवीय तथा अन्य भौतिक संरचनामा भएको क्षतिबारे विवरण संकलन भइरहको जनाएको छ। एजेन्सी

प्रकाशित: १७ मंसिर २०८० ६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =