पोखरामा टेनिस प्रतियोगिता सम्पन्न

हिमाल प्रेस १६ मंसिर २०८० १९:२१
6
SHARES
पोखरामा टेनिस प्रतियोगिता सम्पन्न

पोखरा- कास्की जिल्ला टेनिस संघद्वारा आइटिएफ जे-३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सी सिभायव प्रथम भए। पोखरा रंगशालामा शनिबार फाइनलमा भारतका प्रनिल शर्मालाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन्। महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हासिल गरिन्।

फाइनलमा उनले भारतकी यासिका सोकिनलाई १-६, ६-४ र सुपरटाइमा ६-० ले पराजित गरेकी हुन्। पुरुष डबल्सतर्फ जापानका फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १-६, ६-४ र सुपरटाईमा १०-५ ले पराजित गर्दै प्रथम भए। महिला डबल्सतर्फ भारतका दिशा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६-२, ६-१ सेटमा पराजित गर्दै प्रथम भइन्।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रबहादुर शेरचन, नेपाल पर्यटन बोर्ड गण्डकीका नि।कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल टेनिस संघ उपाध्यक्ष विनोद कायस्थ लगायतले पुरस्कार प्रदान गरे।

संघ कास्की अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहको सञ्चालन महासचिव नवीन श्रेष्ठले गरेका थिए। यसैबीच, प्रतियोगिताको दोस्रो सर्किट सोमबारदेखि सुरु गरिने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए।

प्रकाशित: १६ मंसिर २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =