इलामबाट नमस्ते झरना हिँडेको बस दुर्घटना, छ विद्यार्थी घाइते

हिमाल प्रेस १६ मंसिर २०८० १३:०४
134
SHARES
इलामबाट नमस्ते झरना हिँडेको बस दुर्घटना, छ विद्यार्थी घाइते

इलाम- इलामको माई नगरपालिका–४ स्थित गरुवा आधाभूत विद्यालयबाट धनकुटाको नमस्ते झरनामा वनभोज गएको बस दुर्घटना हुँदा छ विद्यार्थी घाइते भएका छन् ।

आज बिहान १० बजेतिर कोसी राजमार्गअन्तर्गत धनकुटाको साँघुरीगढी गाउँपालिकामा राजमार्गबाट भित्तामा ठोेक्किएर दुर्घटना भएको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने पाँच जना सामान्य घाइते छन् ।

घाइते सबैको धरानमा उपचार भइरहेको छ । ब्रेक फेल भएर ३३८० नम्बरको बस दुर्घटना भएको हो। बस नमस्ते झरनामा वनभोजका लागि जाँदै गरेको थियो।

पालिकापेजबाट

प्रकाशित: १६ मंसिर २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =