श्रीमतीसहित मलेसिया भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

हिमाल प्रेस १६ मंसिर २०८० ११:२३
8
SHARES
श्रीमतीसहित मलेसिया भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी विस्तारसँगै सभापति रवि लामिछाने तीन देशको भ्रमणमा निस्कदैछन्।
लामिछाने आजै मलेसिया जाँदैछन्।

मलेसियामा भ्रमणमा लामिछानेसहित श्रीमती निकिता पौडेल, अर्का नेता दीपक बोहोरा र कबिन्द्र बुर्लाकोटी रहनेछन्।
आज राति १०:२० मा नेपाल एयरलाइन्सबाट मलेसिया प्रस्थान गर्दैछन्।

पार्टी स्रोतका अनुसार भोलि बिहान ५ बजे क्‍वालालम्पुरस्थित विमानस्थल अवतरण गर्नेछन्। लामिछाने क्वालालम्पुरकै होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित भेटघाट र अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेछन्।

भ्रमणको दोस्रो दिन नेपाली दूतावासमा भेटघाट कार्यक्रम तय भएको छ भने नेपाली समुदाय
सँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यकम छ।

आउँदो मंसिर १९ गते नेपाल एयरलाइन्समार्फत नै उनी नेपाल फर्कने कार्यक्रम छ।

यस्तै डिसेम्बर ७ (मंसिर १९) देखि १० (मंसिर २४) सम्म लामिछाने कतार भ्रमणमा निस्किनेछन्। लामिछानेको भ्रमण टोलीमा श्रीमती निकिता पौडेल, दीपक बोहरा र कबिन्द्र बुर्लाकोटी नै रहनेछन्।

डिसेम्बर १० (मंसिर २४) देखि १४ (मंसिर २८ गते) सम्म लामिछाने बेलायत भ्रमणमा रहने पार्टी स्रोतले जनाएको छ। भ्रमणमा लामिछानेसहित निकिता पौडेल, दीपक बोहरा र प्रकाश सिग्देल रहेका छन्।

प्रकाशित: १६ मंसिर २०८० ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =