एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा

हिमाल प्रेस १६ मंसिर २०८० १०:१३
12
SHARES
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा

काठमाडौँ- नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो।

आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्नेछ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिए।

उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा,पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ। दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ। टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ। हिजो ७० किलोमिटर यात्रा गरेको थियो।

मध्यपहाडको विकास र समद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका संकल्प यात्रा गरेको हो। मंसिर ६ गतेको केन्द्रिीय कमिटीले यस सम्बन्धी सम्पूर्ण कार्ययोजना पास गरेको थियो।

यही यात्रा मार्फत एमालेले मध्यपहाडमा आफ्नो बर्चश्वलाई थप बलियो बनाउने नीति लिएको छ। जसका लागि यस क्षेत्रमा भइरहेको तीव्र बाह्य बसाँइसराइ,पूर्वाधारको समस्या, कृषि र पर्यटनको प्रर्वद्धन र पहाडलाई विकासका नमुना कसरी बनाउने भनेर बहस गरिने जनाएको छ।

मंसिर १४ गतेबाट सुरु भएको यो यात्रा मंसिर २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ।

प्रकाशित: १६ मंसिर २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =