प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मधेश मुख्यमन्त्री यादव

हिमाल प्रेस १६ मंसिर २०८० ७:३०
2
SHARE
प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मधेश मुख्यमन्त्री यादव

धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको आज शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको ६ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गरे।

नेपाल प्रहरीलाई प्रदेश सरकार मातहतमा ल्याउन संघर्ष जारी रहेको उनले बताए। उनले कसैको सिफारिसबिना पीडितले न्याय पाओस् भन्ने किसिमले प्रदेशमा काम गर्नका लागि प्रहरी अधिकारीलाई आग्रह गरे। प्रदेशको आठवटै जिल्लाको सदरमुकाममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसीटीभी जडान गरिने उनको भनाइ छ।

उनले अहिले पनि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मधेश प्रदेश प्रहरीलाई सहयोग गरिरहेको भन्दै प्रहरी प्रदेश सरकारको मातहतमा आएपछि मधेश सरकारको प्रहरी सबैभन्दा सबल हुने विश्वास व्यक्त गरे।

 

प्रकाशित: १६ मंसिर २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =