सबै अधिकार केन्द्रमै राखेर हुँदैन : शेखर कोइराला

हिमाल प्रेस १६ मंसिर २०८० ७:१२
28
SHARES
सबै अधिकार केन्द्रमै राखेर हुँदैन : शेखर कोइराला फाइल तस्बिर

नवलपरासी- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न संकेत गरेको बताए।

संघीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए। ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै भएको उनको भनाइ छ।

संघीयता आयो तर अधिकारविहीन संघीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाइ छ।

सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी संघीयताको अनुभूति हुन्छ ? भनी प्रश्न गर्दै नेता कोइरालाले अधिकारसहितको संघीयता लागू गर्न आवश्यक रहेको बताए।

नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने पनि बताए।

प्रकाशित: १६ मंसिर २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =