जापानले विद्यालयको लागि छात्रावास बनाइदिने

हिमाल प्रेस १५ मंसिर २०८० १७:२२
2
SHARE
जापानले विद्यालयको लागि छात्रावास बनाइदिने

काठमाडौँ– जापान सरकारले कालिदेवी माध्यामिक विद्यालय, ललितपुरका लागि छात्रावास निर्माण गरिदिने भएको छ। छात्रावास निर्माणका लागि शुक्रबार विद्यालय र नेपालका लागि जापानी राजदूतावासबीच सम्झौता भएको छ।

छात्रावास निर्माण लागि जापान सरकारले १ लाख ५६ हजार ८८१ अमेरिकी डलर सहयोग गर्नेछ। यो परियोजना जापान सरकारको ग्रान्ट एसिसटेन्स फर ग्रासरुट ह्युमेन सेक्युरिटी प्रोजेक्ट (जीजीपी)अन्तर्गत भएको जापानले जनाएको छ। जीजीपी सन् १९९१ देखि सक्रिय परियोजना हो। यसमार्फत जापान सरकारले नेपालमा दुई सयभन्दा बढी परियोजना निर्माण गरिसकेको छ।

प्रकाशित: १५ मंसिर २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =