आईसीसी विश्वकप लिग-२ : पहिलो खेल नेपालले घरेलु मैदानमै खेल्ने

हिमाल प्रेस १५ मंसिर २०८० १६:००
408
SHARES
आईसीसी विश्वकप लिग-२ : पहिलो खेल नेपालले घरेलु मैदानमै खेल्ने

काठमाडाैँ– नेपालले आईसीसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक शृंखला घरेलु मैदानमै खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपालले लिगको पहिलो शृंखला आगामी फेब्रुअरीमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने जानकारी गराएको हो। क्यानले शृंखला नेपालमै हुने बताए पनि मिति भने तोकेको छैन।

सन् २०२७ सम्म हुने लिगमा नेपाल, नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, स्कटल्यान्ड, संयुक्त अरब ईमिरेट्स(युएई),ओमान र अमेरिका सहभागी छन्। यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो।

प्रकाशित: १५ मंसिर २०८० १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =