इटहरीमा कर समायोजन गर्न एमालेले माग्यो विशेष अधिवेशन

हिमाल प्रेस १५ मंसिर २०८० १४:५७
10
SHARES
इटहरीमा कर समायोजन गर्न एमालेले माग्यो विशेष अधिवेशन

इटहरी- इटहरी उपमहानगरपालिकाले बढाएको कर घटाउन नेकपा एमालेले विशेष अधिवेशनको माग गरेको छ। नेकपा एमालेबाट निर्वाचित सदस्यहरूले नियमअनुसार २१ दिनभित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका हुन्।

नेपाल संविधानको धारा २२७ तथा गाउँ नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम उनीहरूले विशेष अधिवेशन बोलाउन माग गरेका हुन्। एमाले संसदीय दलको उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई सदस्यहरूको हस्ताक्षरसहितको पत्र दिएका छन्।

इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत बढाएको कर समायोजन गर्न तथा घटाउनको लागि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पटक पटक माग गर्दै आएका छन्। वृद्धि भएको कर समायोजन गर्न तीव्र दबाब आएपनि उपमहानगरपालिकाले कर समायोजन गरेको छैन। कर समायोजन गर्ने विषयमा एमाले पक्षीय जनप्रतिनिधि र मेयरबीच मतभेदसमेत हुँदै आएको छ।

कर वृद्धिकै विषयमा अध्ययन गर्न वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा समिति पनि बनेको थियो। सो समितिले ढिला गरी बुझाएको प्रतिवेदन कार्यपालिकामा छलफलको कार्यसूचीमा पेस भए पनि छलफल भएन।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले करका विषयमा सुरुवात समयदेखि नै कर नघटाउने पक्षमा अडानसहित बसेका छन्।

प्रकाशित: १५ मंसिर २०८० १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =