१४०० भूकम्प प्रभावितको निःशुल्क स्वास्थ्य परीक्षण

हिमाल प्रेस २४ मंसिर २०८० १६:०० | Sunday, December 10, 2023
१४०० भूकम्प प्रभावितको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ- श्रारी धा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिबार भएको शिविरमा १४ सय जना बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो।

नलगाड नगरपालिका-१२, तल्लुबगरस्थित श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनोरोग परामर्शका बिरामीको स्वास्थ परीक्षण गरिएको थियो।

शिविरमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं। १०, ११, १२, १३ र पश्चिम रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नं। ४, ५, ६ एवं डोल्पा जिल्लाबाट समेत विरामीहरू स्वास्थ्य उपचारको लागि आएका थिए। सोही शिविरमा तीन महिना भित्रका सुत्केरी महिलाहरूलाई न्यानो वस्त्र पनि वितरण गरिएको थियो।

प्रकाशित: २४ मंसिर २०८० १६:०० | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast