काठमाडौँ- सुन्तला फलफूलमध्ये एक हो। सुन्तला चिसो मौसममा हुन्छ। सुन्तला स्वास्थ्यका दृष्टिले उपयोगी भएको स्वास्थ्यकर्मी बताउँछन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले सुन्तलाका फाइदाहरूबारे जानकारी दिएका छन्।
उनको भनाइमा सुन्तलाले प्रेसर घटाउँछ। सुन्तला भिटामिन सी र पोटासियमको धेरै राम्रो स्रोत हो। यसमा भिटामिन ‘ए’, ‘बी’ र एन्टिअक्सिडेण्ट पनि प्रयाप्त मात्रामा पाइन्छ।
त्यसैगरी उनले सुन्तला उच्च रक्तचापका बिरामीको लागि राम्रो फल भएको बताए।
स्वस्थ व्यक्तिले सुन्तला प्रशस्त प्रयोग गर्न मिल्ने भएको बताउँदै डा.अनिलले सुगर, मृगौला तथा मुटुरोगीहरूले भने चिकित्सकको परामर्श सुन्तला खान नखान राय लिन उपयुक्त हुने बताए।
उनका अनुसार सुन्तलाले कोलेस्ट्रोल घटाउँछ।
प्रकाशित: १३ पुष २०८० ६:३४ | Friday, December 29, 2023
प्रतिक्रिया





