हेटौँडामा धुलो दूधको उत्पादन सुरु हुँदै

हिमाल प्रेस २४ मंसिर २०८० २०:०५ | Sunday, December 10, 2023
हेटौँडामा धुलो दूधको उत्पादन सुरु हुँदै

मकवानपुर-  दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुईपटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ। आयोजनाबाट दैनिक पाँच मेट्रिक टन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ।

बागमती प्रदेश सरकारको ४७ करोड ५० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका-१०, शिशौघारीमा केही वर्ष अगाडि धुलो दूध उत्पादन आयोजना स्थापना गरिएको थियो। आयोजनाका लागि बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ जिल्लाका कृषकबाट गरी दैनिक ६० हजार लिटर दूध कृषकबाट खरिद गर्ने योजना रहेको बोर्डले बनाएको छ।

प्रदेश सरकारले बोर्डलाई चाँडो धुलो दूध उत्पालन गर्न जिम्मेवारी दिएको थियो। व्यावसायिक धुलो दूध उत्पादन गर्न आवश्यक प्राविधिक कर्मचारी र मजदुर नियुक्त गर्न केही समय पर्खिनु परेकाले काममा ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक प्रजिता ज्ञवालीले जानकारी दिइन्। उनका अनुसार हेटौँडाबाट उत्पादित धुलो दूध स्वदेशलगायत विदेशमा पनि निर्यात गरिने छ।

आयोजना सञ्चालन हुँदा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ४० व्यक्तिले रोजगारीको अवसर प्राप्त गर्नेछन्।

प्रकाशित: २४ मंसिर २०८० २०:०५ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast