फाइल तस्बिर
                                            काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ।
आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ पुगेको हो।
नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ कायम भएको छ।
आइतबार तेजावी सुन प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कायम भएको छ।
                            प्रकाशित: १८ मंसिर  २०८० १३:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

