सवारीसाधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस

हिमाल प्रेस ४ पुष २०८० ९:५२ | Wednesday, December 20, 2023
सवारीसाधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस

बाँके- सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारीसाधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ।

चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो।

मंगलबार नेपालगन्‍ज उपमहानगरपालिका–१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मंगलबार तीन सय सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिए।

उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारीसाधनमा स्टिकर टाँस गरिएको बताए।

‘राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसेका हौँ’, प्रवक्ता डाँगीले भने।

उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता थियो। रासस

प्रकाशित: ४ पुष २०८० ९:५२ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast