समानुपातिकतर्फ बन्दसूचीमा भएकाहरू राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने

हिमाल प्रेस १७ मंसिर २०८० १६:५१ | Sunday, December 3, 2023
समानुपातिकतर्फ बन्दसूचीमा भएकाहरू राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेवदार हुन नपाउने जानकारी गराएको छ।

आइतबार दिउँसो आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने उल्लेख गरिएको छ।

‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने व्यहोरासमेत सम्बन्धित सबैलाई कार्यक्रममार्फत आयोगले जानकारी गराएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ। सो निर्वाचनका लागि निर्वाचन कार्यक्रम पनि स्वीकृत भएको छ।

प्रकाशित: १७ मंसिर २०८० १६:५१ | Sunday, December 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast