संसद्‌का महासचिव भरतराज गौतमले दिए पदबाट राजीनामा

हिमाल प्रेस २५ मंसिर २०८० ११:४२ | Monday, December 11, 2023
संसद्‌का महासचिव भरतराज गौतमले दिए पदबाट राजीनामा

काठमाडौँ- संघीय संसद्को महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। गौतमले आइतबार नै राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो। २०७७ वैशाख २२ गते नियुक्त भएका पाण्डेले पदबाट राजीनामा दिएसँगै संसद् सचिवालयकै सचिव पदमप्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ।

गौतमले आफ्नो कार्यकाल ८ महिना बाँकी हुँदैमा पदबाट राजीनामा दिएका हुन्। उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरिएको थियो।

प्रकाशित: २५ मंसिर २०८० ११:४२ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast