संविधानसभा सदस्य सुनुवारको निधन

हिमाल प्रेस १५ पुष २०८० ६:५८ | Sunday, December 31, 2023
संविधानसभा सदस्य सुनुवारको निधन

काठमाडौँ- संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ।

रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको शनिबार दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए।

सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज संघीय सल्लाहकार समितिकी सदस्य पनि थिइन्।

लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराएकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो।

सुनुवारको पार्थिव शरीर भोलि आइतबार १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: १५ पुष २०८० ६:५८ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast