व्यवसायीले भने : बिल तिरिरहेकै छौँ, दु:ख दिन बिजुलीको लाइन काटियो

हिमाल प्रेस ९ पुष २०८० १८:५४ | Monday, December 25, 2023
व्यवसायीले भने : बिल तिरिरहेकै छौँ, दु:ख दिन बिजुलीको लाइन काटियो

काठमाडौँ- नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो ट्रंक लाइनका लागि प्रिमियम दर तोकिएभन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए।

उनले उद्योगी, व्यवसायीले नियमित आफ्नो बिजुलीको बिल तिर्दै आइरहेको दाबी गर्दै विवादित प्रिमियमको विषयको बिल मात्रै नतिरेको बताए। अहिले आएर एकैपटक छलफल नगरी लाइन काटिदिँदा अन्तरराष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था देखिएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दाहरू बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठातमा बिजुलीको तार काट्ने निर्णय गरेर उद्योग बन्द गराउने योजनामा अघि बढेको बताए।

चिनी उत्पादक संघका अध्यक्ष जगदीश अग्रवालले सरकारको अपरिपक्व निर्णयले बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताए। उनले अपरिपक्व निर्णय र अनावश्यक झमेला दिन लाइन काटिएको बताए। व्यवसायी विष्णु न्यौपानेले आफूले प्रयोग नगरेको बिजुलीको बिल तिर्न नसक्ने बताए।

प्रकाशित: ९ पुष २०८० १८:५४ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast