वैदिक वाङ्‌मयमा कृत्रिम बौद्धिकताका माध्यमबाट काम गर्न संस्था स्थापना

हिमाल प्रेस २६ मंसिर २०८० १५:४२ | Tuesday, December 12, 2023
वैदिक वाङ्‌मयमा कृत्रिम बौद्धिकताका माध्यमबाट काम गर्न संस्था स्थापना गौरीघाटस्थित गुठीको कार्यालयमा रहेको ल्याब।

काठमाडौँ– वैदिक वाङ्‌मयमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का माध्यमबाट काम गर्ने उद्देश्यले ‘वैदिक अनुसन्धान गुठी (बाग)’ को स्थापना गरिएको छ।
गुठीका संस्थापक डा. स्वामी केशवानन्दका अनुसार एआईमा काम गर्नका लागि डाटा संकलनको कार्य भइरहेको छ।

संस्कृत वाङ्‌मयलाई डेटामा हालेर एआईमा लैजान सकियो भने पढ्नेपढाउने कार्य सहज हुने गुठीको विश्वास छ। संस्थाको अर्को उद्देश्य वैदिक वाङ्‌मयको अध्ययन एवम् अनुसन्धान गर्नु रहेको। गुठीका स्थापक डा. केशवानन्दले भने, ‘नेपालमा यस्ता अनुसन्धानमूलक संस्था छैनन्। सूचना प्रविधि (आईटी) क्षेत्रसँग साझेदारी गरेर एकीकृत रूपमा त्यस्तो काम गर्ने हाम्रो लक्ष्य छ। यसका लागि विस्तृत योजना निर्माणमा जुटेका छौँ।’

जनशक्ति भने संस्कृत पढेका विद्यार्थी र विभिन्न विश्वविद्यालयमा आईटी पढिरहेका विद्यार्थी खटाइने योजना गुठीको छ। यसका लागि विभिन्न विश्वविद्यालयसँग समझदारी गरिने डा. स्वामी केशवानन्दले बताए। गुठीको केन्द्रीय कार्यालय गौरीघाट काठमाडौँमा रहेको छ। गुठीको महान् अभियानमा जोसुकै पनि जोडिन सक्नेछ।

प्रकाशित: २६ मंसिर २०८० १५:४२ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast