विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न

हिमाल प्रेस ३० मंसिर २०८० १७:०९ | Saturday, December 16, 2023
विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न

जनकपुरधाम- जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत शनिबार मटकोर विधि सम्पन्न भएको छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित गएर महिलाहरूले गंगासागरबाट विहेको बेदी बनाउन माटो ल्याएका छन्।

उनीहरूले उक्त माटाे बाेकेर नगर परिक्रमा गरेका थिए। मटकोरका क्रममा गंगासागरको डिलमा भजनकिर्तन गरिएको थियो।

जानकीको प्रतीक बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए।

वैदिक मन्त्र उच्चारण गरेर विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि बेदी तयार गर्ने परम्परा छ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि हुन्छ।

आइतबार स्वयम्बर तथा विवाहोत्सव र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

प्रकाशित: ३० मंसिर २०८० १७:०९ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast