विवादमा परेपछि पर्यटनमन्त्री किराती भन्छन् : सबै अस्तित्वको सम्मान गर्छु

हिमाल प्रेस ५ पुष २०८० १३:५४ | Thursday, December 21, 2023
विवादमा परेपछि पर्यटनमन्त्री किराती भन्छन् : सबै अस्तित्वको सम्मान गर्छु फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय आफ्नो एउटा अभिव्यक्तिका कारण विवादित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सबै धर्मका आस्थावानको ‘अभिभावक’ भएको बताएका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै किरातीले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न अपिल गरेका छन्।

मन्त्री किरातीले लेखेका छन्–

बहसको लागि सबैलाई धन्यवाद!
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्‍नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,
फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।

यस्तो छ मन्त्री किरातीको अभिव्यक्ति

प्रकाशित: ५ पुष २०८० १३:५४ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast