विभागले लगायो यी औषधि उत्पादनमा रोक

हिमाल प्रेस २६ मंसिर २०८० १८:०१ | Tuesday, December 12, 2023
विभागले लगायो यी औषधि उत्पादनमा रोक

काठमाडौँ- औषधि व्यवस्था विभागले विभिन्न प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मूल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।

लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु रहेका छन्।

औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने महानिर्देशक ढकालले जानकारी दिए। ‘पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मूल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो। औषधि सल्लाहकार समितिको बैठकमा यसबारे थप निर्णय हुन्छ। समितिको बैठकमा यो पनि एउटा अजेन्डा बन्छ,’ महानिर्देशक ढकालले भने।

साथै औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्राण्डसमेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।

प्रकाशित: २६ मंसिर २०८० १८:०१ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast