वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

हिमाल प्रेस १३ पुष २०८० १३:०२ | Friday, December 29, 2023
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

काठमाडौँ– उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्रीवितरण गर्न रोक लगाएको छ।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले नेपालको लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरि बजारमा पठाएको थियो। उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो।

यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्न माग गर्दै अदालत गएको थियो।

यशोदा फुड्सले वाइवाइको नक्कल गरि आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्नसमेत कोसिस गरेको थियो। अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ। अदालतको आदेशसँगै वाइवाइको नक्कल गरि बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ।

प्रकाशित: १३ पुष २०८० १३:०२ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast