यस्तो छ आजको मौसम

हिमाल प्रेस १४ पुष २०८० ६:४५ | Saturday, December 30, 2023
यस्तो छ आजको मौसम फाइल तस्बिर- रासस

काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भूमिमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक(दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।

त्यस्तै आइतबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाट बच्न आवश्यक उपायहरू तथा शतर्कता अपनान महाशाखाको अनुरोध छ।

प्रकाशित: १४ पुष २०८० ६:४५ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast