मर्स्याङ्दी जलविद्युत् केन्द्रद्वारा जग्गा अधिग्रहण

हिमाल प्रेस २ पुष २०८० १४:४२ | Monday, December 18, 2023
मर्स्याङ्दी जलविद्युत् केन्द्रद्वारा जग्गा अधिग्रहण तनहुँ जलविद्युत

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले बाँधको किनारमा रहेको ९ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ। ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरू गरिएको हो।

केन्द्रले ९ रोपनी १० आना जग्गा अधिग्रहण गरी मुआव्जा वितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए। मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। उक्त स्थानका १३ जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार २१ करोड ७८ लाख ८५ हजार रुपैयाँ दिइने भएको छ।

जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार र घरटहराका लागि ३ करोड ९० लाख ९९ हजार रुपैयाँ वितरण गरिने केन्द्रले जनाएको छ। गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ। प्रतिरोपनी १ करोड ८४ लाख ९२ हजारका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रासस

प्रकाशित: २ पुष २०८० १४:४२ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast