मनहरीमा जङ्गली हात्तीको आतंक

हिमाल प्रेस २ पुष २०८० १३:३६ | Monday, December 18, 2023
मनहरीमा जङ्गली हात्तीको आतंक फाइल तस्बिर

मनहरी (मकवानपुर)– मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ।

गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार गए राति नै स्थानीय रामबहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ।

हात्तीको आतङ्क पछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट मानवीय क्षति भने भएको छैन। रासस

प्रकाशित: २ पुष २०८० १३:३६ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast