भैरहवादेखि लुम्बिनीसम्म पत्रकारहरूले गरे पैदल यात्रा

हिमाल प्रेस ६ पुष २०८० १९:१४ | Friday, December 22, 2023
भैरहवादेखि लुम्बिनीसम्म पत्रकारहरूले गरे पैदल यात्रा

लुम्बिनी- पत्रकारहरूले शुक्रबार पर्यटन प्रवर्द्धन र विश्वशान्तिको सन्देश दिने उद्देश्यले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म बौद्ध सञ्चार पैदल यात्रा गरेका छन्। लुम्बिनी प्रेस क्लबको आयोजनामा भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर पैदल यात्रा गरिएको हो।

करिब ४ घन्टा पैदल हिँडेर लुम्बिनी मायादेवी मन्दिर पुगेका पत्रकारसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरे। उपाध्यक्ष डा.लामाले बौद्ध सञ्चार यात्राले विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए। उनले पत्रकारहरूले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म पैदल यात्रा गरेर विश्वभरका शान्ति, अहिंसाको सन्देशसँगै पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिएको बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको बताए।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले पैदल हिँडेर आफ्नो ज्ञान र सन्देश बाँडेको बताउँदै त्यसैलाई पत्रकारहरूले अनुशरण गर्नु सकरात्मक भएको बताए।

२२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए।

प्रकाशित: ६ पुष २०८० १९:१४ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast