बालकृष्ण खाणको मुद्दामा आज निर्णायक सुनुवाइ

हिमाल प्रेस २८ मंसिर २०८० १०:३५ | Thursday, December 14, 2023
बालकृष्ण खाणको मुद्दामा आज निर्णायक सुनुवाइ फाइल तस्बिर।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको निर्णयक सुनुवाइ आज हुँदैछ।

उच्च अदालत पाटनमा हुने सुनुवाइबाट खाण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो।

पाण्डेले खाणलाई धरौटीमा छाड्ने र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

खाणलाई छोड्ने/नछोड्ने विषयमा न्यायाधीशको राय बाझियो, अर्को इजलासले मात्रै टुंगो लगाउने

प्रकाशित: २८ मंसिर २०८० १०:३५ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast