काठमाडौँ- अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबारको तुलनामा मंगलबार डलरको मूल्य बढेको जनाएको हो।
सोमबार बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा भएकोमा मंगलबार १३३ रुपैयाँ ७४ पैसा पुगेको छ। सोमबार एक डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा थियो भने आज १३३ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी आज युरो एकको खरिददर १४३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहाेस् सूची

                            प्रकाशित: २६ मंसिर  २०८० ७:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

