पोखरामा अस्पतालबाटै बिरामी बेपत्ता, खोजीका लागि सेती बाँध खोलिँदै

हिमाल प्रेस २७ मंसिर २०८० १९:२६ | Wednesday, December 13, 2023
पोखरामा अस्पतालबाटै बिरामी बेपत्ता, खोजीका लागि सेती बाँध खोलिँदै सेती नदी

पोखरा- उपचारका क्रममा अस्पतालबाटै एक्कासी बेपत्ता भएका एक युवक खोजीमा बिहीबार पोखराको सेती बाँध खोलिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार दिउँसो १२ देखि ४ बजेसम्म पोखरा १६, दीपस्थित ड्याम खोलेर युवकको  खोजी गर्न लागेको हो।

तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र २ दिनअघि मणिपाल शिक्षण अस्पतालको इमरजेन्सी वार्डबाटै बेपत्ता भएका थिए। उनीसँगै गएको बाबु औषधि लिन गएको बेला सम्पर्कविहीन भएको र उनको लगाएको कपडा र परिचयपत्र मणिपाल अस्पताल नजिकैको सेती नदीको झोलुंगे पुलमा भेटिएकोले खोजीका लागि बाँध खोल्न लागिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सो समय नदी वरिपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरूलाई चनाखो रहन र सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

प्रकाशित: २७ मंसिर २०८० १९:२६ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast