पितृको सम्झनामा पाशुपत क्षेत्रमा छरियो शतबीज [तस्बिरहरू]

दिपेश श्रेष्ठ २५ मंसिर २०८० ८:०७ | Monday, December 11, 2023
पितृको सम्झनामा पाशुपत क्षेत्रमा छरियो शतबीज [तस्बिरहरू]

काठमाडौँ- प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवंगत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन्।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ।

   

प्रकाशित: २५ मंसिर २०८० ८:०७ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast